भरतपुर – भरतपुर महानगरपालिका ११ शान्तिमार्गमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आज (बिहीबार) मध्यान्ह १२ बजे ४५७५ नम्बरको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिएको हो । ट्याङ्करको ठक्करबाट साइकलयात्री बाराको महागढीमाई नगरपालिकाका २० वर्षीय प्रमित भन्ने आदित्य जैसवालको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका जैसवालको उपचारको लागी भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पदमपुर भरतपुर सडकखण्डमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको ट्याङकरले सोही दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो ।
ठक्कर दिने ट्याङ्कर र ट्याङकर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । भरतपुरमा दूधको ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु