काठमाडौं – राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।
भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पौडेलकै घरमा पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ताबारे छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेल सकारात्मक रहेको बताए ।
‘उहाँ पोजेटिभ हुनुहुन्छ । थप कुरा हुन्छ त्यसपछि निर्क्यौल हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ, छलफलपछि निचोड निस्किन्छ ।’