नारायणगढमा भीषण आगलागी, ६ वटा पसल जलेर नष्ट

एटुजेड समाचार

नारायणगढ – भरतपुर महानगरपालिका ३ नारायणगढको कमलनगरमा भीषण आगलागी भएको छ । आज (बिहीबार) बिहान २ बजे स्थानीय तुलसीराम सापकोटाको चार तले घरमा आगलागी भएको हो ।

आगलागीबाट उक्त घरमा रहेका ६ वटा पसल जलेरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अजुसार बिष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाईल पसल, बिष्णु आचार्यको दुर्गा ईलेक्ट्रोनिक, बसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सुर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा आगलागी भएको हो ।

प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय, भरतपुर महानगरपालिकाको एउटा दमकल, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एक वटा दमकलको सहयोगमा आगो करिब ५ घण्टापछि बिहान ७ बजे नियन्त्रणमा आएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु