नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर, बस र कार ठोक्किँदा २७ घाईते

एटुजेड समाचार

चितवन – नारायणगढ मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार ठोक्किंदा २८ जना घाईते भएका छन् । आज (बुधवार) दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ को भतेरी जंगलमा दुर्घटना भएको हो ।

नारायणगढबाट मुग्लिन तर्फ गई रहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढ तर्फ आई रहेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार एकआपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा परी बस र कारमा सवार २७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारिले बताए । घाईतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाईते हुनेहरु :

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
१ कारमा सवार जि गोरखा भिमसेनथापा गा पा ३ बस्ने बर्ष ४४ को अरुण पाण्डे, सामान्य ।
२ जि तनहुं घिरिङ गा पा५ बस्ने बर्ष ३१ को मान बहादुर राना, मध्यम ।
३ जि।तनहुं घिरिङ गा पा ५ बस्ने बर्ष ४५ को मान बहादुर थापा मगर, सामान्य ।
४ जि कास्की पोखरा म न पा २९ बस्ने बर्ष २०को सुमन मगर, सामान्य।
५ बसमा सवार जि चितवन भरतपुर म न पा ११ बस्ने बर्ष ५९ को राम बहादुर श्रेष्ठ, मध्यम ।
६ बसमा सवार जि चितवन भरतपुर म न पा ९ बस्ने बर्ष ४० को भेषराज भुषाल, सामान्य ।
७ कारमा सवार जि तनहुं डुम्रे भन्सार बस्ने बर्ष ३० को राममांया गन्धर्व, सामान्य ।
८बसमा सवार जि बारा कलैया बस्ने बर्ष २३ को मुस्ताफा मन्सुरी, सामान्य ।
९ जि.बाग्लुङ जैमिनी न.पा.४ बस्ने बर्ष ३० को कुशल पौडेल, सामान्य ।

नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
१ बसको सहचालक जि नवलपरासी बुलिनटार गा पा बस्ने बर्ष २० को सरोज कुमाल, सामान्य ।
२ बसमा सवार जि तनहुं ब्यास न पा २ बस्ने बर्ष २७ की निस्ता घले,सामान्य ।
३ बसमा सवार ऐ बस्ने निजको छोरी बर्ष ३ की बिनिसा घले, सामान्य ।

भरतपुर अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
१ बसमा सवार जि।तनहुं चन्द्रवती गा पा ७ बस्ने बर्ष २० को प्रभु परियार, सामान्य ।
२ जिल्ला उदयपुर बस्ने बर्ष १९ को शोभित सुसौली, सामान्य ।
३ जिल्ला उदयपुर बस्ने बर्ष ३६ को प्रकाश बि क, मध्यम ।
४ जिल्ला रुपन्देही बुटवल न पा २ बस्ने बर्ष २७ को रबि परियार, मध्यम ।
५ जिल्ला रुपन्देही बुटवल न पा २ बस्ने बर्ष ६ की रबिना परियार, सामान्य ।
६ जिल्ला मकवानपुर कैलाश गा पा ८ बस्ने बर्ष २४ को बिनोद प्रजा, मध्यम ।
७ जिल्ला चितवन भरतपुर म न पा १ बस्ने बर्ष ६२ को निल बहादुर क्षेत्री, मध्यम ।
८ जिल्ला काठमाण्डौ नागार्जुन २ बस्ने बर्ष ४४ को कुमार अधिकारी, मध्यम ।
९ जिल्ला तनहु म्याग्दे गा पा ६ बस्ने बर्ष २७ की शर्मिला श्रेष्ठ, मध्यम ।
१० जिल्ला तनहु म्याग्दे गा पा ६ बस्ने बर्ष २० की बिनिसा श्रेष्ठ, मध्यम ।
११ जिल्ला स्याङजा बिरुवा गा पा ५ बस्ने बर्ष ३२ की लक्ष्मी वाग्ले, सामान्य ।
१२ जिल्ला स्याङजा बिरुवा गा पा ५ बस्ने बर्ष ५ को शिव वाग्ले, मध्यम ।
१३ जिल्ला स्याङजा बिरुवा गा पा ५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ३९ को यम बहादु आले, सामान्य ।
१४ जिल्ला स्याङजा बिरुवा गा पा ५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ५ की आशिका आले, सामान्य ।
१५ जिल्ला तनहुं भानु न पा १२ बस्ने बर्ष ६० को राजु माझकोटी, सामान्य ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू