भरतपुर – भरतपुर महानगरपालिकामा उमेदवारविरूद्ध कसैको पनि उजुरी परेको छैन। स्थानिय तह निर्वाचनका लागी बैशाख ११ र १२ गते उमेदवार मनोनयन दर्ता गराएकाहरुमा कसैको पनि उजुरी नपरेको हो ।
हिजो १० गते १० बजे देखि ५ बजेसम्म निर्धारण गरेको उमेदवारको विरोध दर्तामा उमेदवारविरूद्ध कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानाकारी दिए ।

