काठमाडौं – नेकपा एमालेबाट ललितपुर महानगरको उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।
आज (मंगलबार) उपमेयरका उम्मेदवार शाक्यविरुद्ध निर्वाचन आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ ।


स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो । उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।