द जिएमआईले एसईई दिएका उत्कृष्ट २० विद्यार्थीलाई कक्षा ११ मा नि:शुल्क अध्यापन गराउने

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका १० सप्तगण्डकीचोकस्थित द जिएमआई एकेडेमीले यस वर्ष एसईई दिएका उत्कृष्ट २० जना विद्यार्थीलाई कक्षा ११ मा नि:शुल्क अध्यापन गराउने भएको छ । एसईई दिएर बसेका चितवनका २० जना विद्यार्थीलाई द जिएमआईले नि:शुल्क अध्यापन गराउने भएको हो ।

द जिएमआईले बैशाख १८ देखि एसईई पछिका तयारी कक्षाहरु सञ्चालन गर्दैछ । हालै एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै जिएमआई तयारी कक्षाहरु सञ्चालन गर्न लागेको हो । बैशाख १८ देखि साइन्स र म्यानेजमेन्टका ब्रिज कोर्ष सञ्चालन हुने द जिएमआईका प्रवन्ध निर्देशक महेश लामिछानेले बताए ।

सोही तयारी कक्षामा उत्कृष्ट हुने २० जना विद्यार्थीलाई कक्षा ११ मा नि:शुल्क अध्यापन गराउने उनले बताए । यस्तै विभिन्न विद्यालयमा कक्षा दशका प्रथम विद्यार्थीहरुलाई पनि नि:शुल्क ब्रिजकोर्ष पनि गराउने उनले बताए ।

द जिएमआईले चितवनमा बिगत १४ वर्षदेखि बिभिन्न तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ । द जिएमआईले बिभिन्न तहका विद्यार्थीहरुलाई साइन्स र म्यानेजमेन्टका गुणस्तरीय तयारी कक्षाहरु सञ्चालन गर्ने प्रवन्ध निर्देशक लामिछानेले बताए ।

यस्तै सिटीईभीटीतर्फ स्टाफ नर्स, एच ए, ल्याब, फार्मेसी, इन्जिनियरिङलगायतका तयारी कक्षाहरु पनि द जिएमआईले सञ्चालन गर्दै आएको छ । बिभिन्न तयारी कक्षामा द जिएमआईले उत्कृष्ट नतिजा समेत निकाल्दै आएको छ ।

लामिछानेका अनुसार दश जोड दुईपछि एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, एग्रिकल्चर, भेटेनरीलगायतका प्रतिस्पर्धात्मक तयारी कक्षाहरु पनि सञ्चालन हुँदै आएको छ । नर्सिङको लाइसेन्समा पनि शतप्रतिशत नतिजा निकाल्दै आएको उनले बताए ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन उनीहरुलाई बिभिन्न कार्यक्रममा सहभागी गराइने उनले बताए । द जिएमआईले विद्यार्थीको चाहना र क्षमता अनुसार खेलकुद, सौन्दर्यसँग सम्बन्धित कार्यक्रमलगायतका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । द जिएमआईमा चितवनका ख्यातीप्राप्त कलेजका प्रध्यापक डाक्टरहरुले अध्यापन गराउँदै आएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु