चितवनको इच्छाकामनामा एमाले उम्मेदवार निर्विरोध

एटुजेड समाचार

चितवन – चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुआत गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् । ।

त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार हुन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु