भरतपुर – भरतपुर महानगरपालिकाका २९ वडाका अध्यक्षमा एक सय ४७ जनाको उम्म्वेदवारी परेको छ ।
सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका वडाध्यक्षहरु मध्ये महिलाको संख्या अन्त्यन्तै न्युन पाईएको छ ।


२९ वडामा एक सय ४७ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवार चार जना मात्रै रहेका छन् । ति मध्ये चार राजनीतिक दलका उम्मेदवार हुन् भने अर्की एक स्वतन्त्र उम्मेदवार हुन्
भरतपुर वडा नम्बर ७, १५, १८ र २७ मा वडाध्यक्षका महिला उम्मेदवार छन् । भरतपुर ७ मा राष्ट्रिय जनमोर्चाबाट ६१ वर्षीया डिलमाया गुरुङले उम्मेदवारी दिएकी छन् ।
यता भरतपुर ११ को वडाध्यक्षमा ३९ वर्षीया सुमना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने १५ मा नेकपा माओवादी समाजवादीकी ३८ वर्षीया संजा सापकोटाले उम्मेदवारी दरता गराएकी छन् ।
यस्तै भरतपुर १८ मा ३९ वर्षीया कृष्णाकुमारी थापाले नेशनल मंगोल अर्गनाइजेशनबाट उम्मेदवारी दिएकी छन् भने २७ मा नेकपा एमालेबाट ५० वर्षीया राधादेवी क्षेत्रीले उम्मेदवारी दर्ता गराएकी छन् ।