भरतपुरका २९ वडाका अध्यक्षमा एक सय ४७ जना उम्मेदवार

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाका २९ वडाका लागि एक सय ४७ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमध्ये राजनीतिक दलबाट एक सय २० तथा २७ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । भरतपुर १, ३,९, १०, ११, १२, १३, १५, १८, २०, २२, २५ र २६ मा स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ ।

सबै भन्दा धेरै वडा नम्बर ११ का लागि १२ जनाको उम्मेदवारी परेको छ । उता वडा सदस्यका लागि दुई सय २९, महिला सदस्यका लागि एक सय ३२ र दलित महिला सदस्यका लागि एक सय १२ जनाको उम्मेदवारी परेको छ ।

कुन वडामा कती जना उम्मेदवार

वडा १ – ७ जना
वडा २ – ३ जना
वडा ३ – ५ जना
वडा ४ – ५ जना
वडा ५ – ४ जना
वडा ६ – ४ जना
वडा ७ – ४ जना
वडा ८ – २ जना
वडा ९ – ८ जना
वडा १० – ६ जना
वडा ११ – १२ जना
वडा १२ – ५ जना
वडा १३ – ४ जना
वडा १४ – ४ जना
वडा १५ – ७ जना
वडा १६ – ६ जना
वडा १७ – २ जना
वडा १८ – ८ जना
वडा १९ – ६ जना
वडा २० – ३ जना
वडा २१ – ३ जना
वडा २२ – ४ जना
वडा २३ – ५ जना
वडा २४ – ४ जना
वडा २५ – ६ जना
वडा २६ – १० जना
वडा २७ – २ जना
वडा २८ – ४ जना
वडा २९ – ४ जना

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु