चितवन – विवेकशील साझा पार्टीको तर्फबाट भरतपुरका मेयरका उम्मेदवार २८ बर्षीय युवा इ प्रविन काफ्ले चुनावी घरदैलोमा जुटेका छन् । वारम्वार देशमा युवा नेतृत्वको वकालत गर्ने उनि पार्टी समूहसहित “निशुल्क तथा गुणस्तरीय शिक्षा, सर्वशुलभ स्वास्थ्य सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ गाउँ-घर हिंडेका छन् ।
२८ बर्षीय इ प्रविन काफ्लेले युवालाई देशमै गरिखाने वातावरण निर्माण गर्ने प्रतिबद्दताका साथ राजनीतिमा होमिएको बताए । १० बर्षपछी गरे हुने कामलाई यथावत राखेर आजको मूल आवश्यकतामा आफु केन्द्रित हुने बताए।


आफु महानगरमा निर्वाचित भए भरतपुरका हरेक युवालाई सक्षम,सवल तथा उद्यमशील बनाइ छाड्ने बताए। त्यस्तै स्वास्थ्य क्षेत्रमा सार्वजनिक अस्पतालहरुको संरचनागत तथा व्यवस्थापकिय सुधार गर्ने उनको भनाई छ । भरतपुरलाई उत्पादनमुखी बनाउन आफु प्रतिबद्द भएको पनि बताए।
उनका मूल एजेन्डाहरु :
भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा प्रवाह, निशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वशुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा कार्यक्रम, शान्ति सुरक्षा, कृषि, पर्यटन, व्यापार, व्यवसाय,रोजगारी प्रवद्र्धन, पर्यावरण – (नारायणीको पानी जस्तै सफा, स्वच्छ भरतपुर), योजनाबद्ध पूर्वाधार विकास लगाएतका एजेन्डाहरु रहेका छन् ।