चितवन – बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि खैरहनी नगरपालिका वडा नं. ५ को वडाअध्यक्ष पदमा युवा नेता प्रकाश कुँवरले मनोनयन दर्ता गराउनुभएको छ । वाइसियल खैरहनी नगरको उपाध्यक्ष समेत रहनुभएका युवा नेता कुँवरले खैरहनी नगरपालिका वडा नम्बर ५ नेकपा (माओवादी केन्द्र ) को तर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको हो ।
खैरहनी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी कुँवर नेतृत्वको प्यानलले उमेदवारी दर्ता गराउनु भएको हो । मनोनयन दर्ता गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले खैरहनी नगरपालिका वडा नं. ५ को विकास र समृद्धिका लागी आफुले उमेदवारी दिएको बताउनुभयो ।