भरतपुर – भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी परेको छ । आज (सोमबार) अन्तिम समयस्म्म ३० जनाको उम्मेदवारी परेको हो ।
महानगरको प्रमुखमा १६ राजनीतिक दल र १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । यस्तै उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ९ राजनीतिक दलका ४ स्वतन्त्र उम्मेदवार हुन् ।


महानगरको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट रेनु दाहल, नेकपा (एमाले) बाट विजय सुवेदी, लोकतान्त्रीक समाजबादी पार्टी नेपालबाट गणेश गिरी, बिबेकशिल साझा पार्टीबाट प्रबिण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरि प्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी(माक्सबादी लेलिनबादी)बाट सूर्य प्रसाद रेग्मी, मंगोल नेशनल अर्गनाइजेसनबाट टेक बहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ्, जनमत पार्टीबाट सञ्जय कुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट बिनोद कुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला, सामाजिक एकता पार्टीबाट खेम प्रसाईले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।
यस्तै स्वतन्त्र तर्फ जगन्नाथ पौडेल, राम कृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्र प्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धब अर्याल, कुलराज कंडेल, हरि शरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गा प्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसबाट चित्रसेन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ्, बिबेकशिल साझा पार्टीबाट पुस्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देबि शर्मा, नेपाल कम्युनिष्ट पार्टी ((माक्सबादी लेनिनबादी)बाट इन्दीरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सुस्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओबादी समाजबादीबाट कौशीला खत्री रहेका छन् । यस्तै स्वतन्त्रबाट उपप्रमुखमा रबिचन्द्र अधिकारी, पबित्रा जोशी, चन्द्र वहादुर तमाङ् र भोजराज कौडालले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए ।