बैशाख – सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगरको आयोजना एवं नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा चितवनका ६ स्थानिय तहकालागी निशुल्क आँखा शिबिर आई क्याम्प फोर चितवन सन्चालन भएको छ ।
१२ गतेबाट सुरु भएको शिबिर बैशाख १९ गते सम्म सञ्चालन हुने आयोजक संस्था सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगरका अध्यक्ष राज बन्दु गौतमले बताए । निशुल्क मोतियाबिन्दुको अप्रेसन, सहितको आँखा शिबिर सञ्चालन भएकोले शिबिरमा सहभागी भई लाभ लिन उनको आग्रह छ ।
शिबिरमा निशुल्क चेकअप, औषधी तथा चस्मा समेत निशुल्क रुपमा प्रदान गरिने उनले बताए । सोमबार पहिलो दिन किल्निक नेपाल परिसर मेघौली मा शिबिर भएको थियो । शिबिरमा ३११ जनाको आँखा परिक्षण गरिएको भरतपुर आँखा अस्पतालका बाहिय कार्यक्रम संयोजक रमेश घिमिरेले बताए । शिबिरमा १०० जनालाई चस्मा प्रदान गरिएको छ भने २५ जनालाई अप्रेसनका लागी भरतपुर आँखा अस्पतालमा भर्ना गरिएको छ । उनिहरुलाई खाना बस्न सहित निशुल्क अप्रेसन गरिने छ ।
शिबिरमा भरतपुर आँखा अस्पतालका डा आस्मा केसीको नेत्रित्वले आँखा परिक्षण गरेको थियो । १३ गते स्पोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर, १४ गते कुमरोज हेल्थ पोष्ट खैरहनी नगरपालिका, १५ र १६ सिद्धि हेल्थपोष्ट कालिका नगरपालिका , १८ गते परेवाकोट राप्ति नगरपालिका, र १९ गते आखा उपचार केन्द्र माडी, माडि नगरपालिकामा शिबिर हुने छ । शिबिरमा छनोट भई मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने भएमा कोभिड बिरुद्धको खोपकाड अनिवार्य रुपमा ल्याउनु पर्ने गौतमले बताए ।
जमर्नी भोलेन्टिर्यसहरुको आर्थीक सहयोगमा यो कार्यक्रम चितवनमा बिगत का वर्षहरुमा पनि गर्ने गरेको र त्यसैको निरन्तरता स्वरुप कार्यक्रम भएको गौतमले बताए ।