चितवन – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भरतपुरको मेयरमा उम्मेदवारी दिएको छ । विप्लव नेतृत्वको नेकपाबाट दुर्गाप्रसाद शर्मा सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।
उनले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारीपछि पत्रकारहरुसँग बोल्दै उनले भ्रष्टाचारमुक्त महानगरका लागि आफुले उम्मेदवारी दिएको बताए । उनको प्रस्तावकमा भरत न्यौपाने र समर्थकमा अजिब पौडेल रहेका छन् ।

