गठबन्धनबाट ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन मेयरको उम्मेदवार

एटुजेड समाचार

काठमाडौं – नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्‍याउने निर्णय गरेको काँग्रेसका एक नेताले जानकारी दिए ।

त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइराला तथा काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू