भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ।
भरतपुरको मेयरमा एमालेका तर्फबाट विजय वुवेदी उठ्दैछन् । एमालेले राप्रपालैऐ उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य दिने भएपछि आइतबार राति अबेर तालमेलको सहमति भएको हो ।


सहमतीअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमती भएको छ।
आइतबार दिनभरको प्रयास असफल भएपछि राप्रपाले भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो।