पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव

एटुजेड समाचार

काठमाडौं -हाल देशको पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ ।अहिले प्रदेश नम्बर–१ मा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको अनुरोध छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू