चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै आएको कांग्रेसको तर्फबाट मोहित जङ पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
उनले आज (आइतबार) दिउँसो मूख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर बाघी उम्मेदवारी दिएका हुन् । पाण्डे कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं नेपाल तरुण दल चितवनका सह-सचिव हुन् ।



केन्द्रीय गठबन्धनले भरतपुरको मेयार माओवादी केन्द्रीकी रेनु दाहाललाई दिने निर्णय गरेको थियो । केन्द्रको उक्त निर्णयप्रती स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाईरहेका छन् ।