गैंडाकोटमा गठबन्धनको विरोध गर्दै कांग्रेसका ५५ जनाद्धारा सामुहिक राजीनामा

एटुजेड समाचार

चितवन – नवलपुरको गैंडाकोट नगरपालिकामा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित ५५ जना नेपाली कांग्रेसका कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

नेपाली कांग्रेस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोध गर्दै नगर सभापति समक्ष राजीनामा दिएका हुन् ।वडा सभापति रामप्रसाद सापकोटासहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्री सापकोटा समक्ष राजीनामा दिएका हुन् । राजीनामा पत्रमा ५५ जनाको हस्ताक्षर रहेको छ ।

कार्यालयमा कार्यकर्ताले कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिदैन, नेपाली कांग्रेस जिन्दावाद, गठबन्धन मुर्दावाद जस्ता चर्का नारावाजी गरेका थिए । गैंडाकोटमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु गठबन्धनको विरोधमा छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू