गैंडाकोटको मेयरमा एमालेले पुनः छत्रराज पौडेललाई उठाउने

एटुजेड समाचार

चितवन – नवलपुरको गैंडाकोट नगरपालिकाको मेयरमा नेकपा एमालेले पुनः छत्रराज पौडेललाई उठाउने भएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिए ।

पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गैंडाकोट नगरपालिकाको मेयरमा विजयी भएका थिए । उनले केही दिन अगाडि मेयर पदबाट राजीनामा दिइसकेका छन् ।

उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । नेकपा एमाले र अन्य दलहरुबीच गठबन्धनको प्रयास भैरहेकाले उपमेयर पदको टुंगो नलागेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु