रत्ननगर – रत्ननगर नगरपालिकाले शनिवार आफ्ना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । कार्यालयले कार्यक्रमको आयोजना गरी पाँच बर्षे कार्यकाल पुरा गरी विदाई हुन लागेका मेयर,उपमेयर,वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडासदस्यहरुलाई सम्मान गरेको हो । कार्यक्रममा जनप्रतिनिधिहरुले पाँच बर्षे कार्यकालमा नगर विकासको लागि गरेका कामहरुको समीक्षा समेत गरेका छन् ।
उनीहरुले पाँच बर्षको अबधिमा रत्ननगरमा आकासे पुल,सौराहामा सभाहल,रत्ननगर अस्पातालको स्तर उन्नती जस्ता गौरभको योजना निर्माण गर्न सफल भएको भन्दै कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेका छन् । झुवानीमा वाटरकिङम निर्माण सुरु हुनु पर्यटन विकासको महत्वपूर्ण आधार तयार भएको भन्दै उनीहरुले होम स्टे सहितको इकोपार्क निर्माण गरी ग्रमिण क्षेत्रमा पर्यटन विकास गरिएको बताएका छन् । कार्यक्रममा मेयर नारायण वनले पाँच बर्षको अबधिमा जनताको हितका लागि काम गर्न आफु सफल भएको बताए ।
वित्तिय साक्षरताको हिसावले नगरपालिकालाई देशभरकै १८ स्थानमा पार्न सफल भएको भन्दै उनले बेरुजुको विषयमा बाहिर गएका हल्लाहरु निराधार रहेको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले न्याय सम्पादन,राजश्व संकलन तथा विकास निर्माणको गुणस्तरीयता कायम राख्ने विषयमा नगरपालिका कहिकतै नचुकेको बताइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडाध्यक्षहरु तिलकराज शर्मा,गुप्तनाथ भट्टराई,बलराम दाहाल,राजन भट्ट,विनोद बस्नेत,शशीभक्त न्यौपाने,विरबहादुर पाख्रिन,हेमराज थापा सहित कार्यपालिका सदस्य तथा वडासदस्यहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।