पुन: निर्वाचनमा उठ्न भरतपुरकी मेयरसहित १५ जनप्रतिनिधिले दिए राजीनामा
चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन: उम्मेदवार बन्न भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिएका छन् ।
हालसम्म भरतपुरकी मेयर रेनु दाहालसहित १५ जना वडाध्यक्षले राजीनामा दिएका छन् । भरतपुर महानगर प्रमुख दाहालले आज (शुक्रबार) उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । दाहाल गठबन्धनबाट पुन: भरतपुरको मेयरमा उठ्दैछिन् ।
यस्तै उपमेयरमा उठ्न कांग्रेसबाट भरतपुर २१ को वडाध्यक्षमा निर्वाचित चित्रसेन अधिकारीले पनि राजीनामा दिएका छन् । यस्तै वडाध्यक्षमा दोहोर्याउन भरतपुर ६ वडा अध्यक्ष हरिविलास कोइराला, ७ वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, भरतपुर ९ वडा अध्यक्ष यमलाल कंडेल, १२ वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा, १३ वडा अध्यक्ष प्रकाश दवाडीले राजीनामा दिएका छन् ।
यस्तै भरतपुर १४ वडा अध्यक्ष ओम् प्रसाद पोख्रेल, १५ वडा अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ वडा अध्यक्ष अमृत हमाल, २२ वडा अध्यक्ष विष्णु राज महतो, २५ वडा अध्यक्ष विजयकुमार भुजेल, २६ वडा अध्यक्ष ज्ञानप्रसाद खनाल, २९ वडा अध्यक्ष मानबहादुर मगर र १ वडा सदस्य राममाया पियाले राजीनामा दिएका छन् ।
तपाइँको प्रतिक्रिया