माडीको मेयर र उपमेयरमा माओवादी केन्द्रबाट पाँच-पाँच उम्मेदवार
माडी – चितवनको माडी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रबाट पाँच जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्र माडी नगरकमिटिले मेयरमा ५ जनाको नाम सिफारिस गरेको हो ।
माडी मेयरमा वहालवाला मेयर ठाकुरप्रसाद ढकाल, पार्टीका बागमती प्रदेश सदस्य, माडी नगर सहइञ्चार्ज ऋषि काफ्ले, बागमती प्रदेश सचिवालय सदस्य, चितवन ३ ख का संयोजक अम्विका लामिछाने, माडी नगर कमिटिका अध्यक्ष प्रभु महतो र नगर उपाध्यक्ष भरतप्रसाद तिमिल्सिनाको नाम प्रस्ताव गरिएको छ ।
यस्तै नगर उपमेयरमा पनि पाँच जनाको नाम प्रस्ताव गरिएको छ । उपमेयरमा पनि ५ जनाको नाम प्रस्ताव गरिएको छ । वाइसियल प्रदेश सहसंयोजक सन्तोष पनेरु, पार्टीका जिल्ला सल्लाहकार विष्णुकुमारी क्षेत्री, अखिल नेपाल महिला संघ क्रान्तिकारी माडी अध्यक्ष तथा नगर सदस्य सावित्री पाण्डे, पार्टीको जिल्ला सल्लाहकार डिलकुमारी काफ्ले, विश्वमतिको नाम सिफारिस गरिएको छ । मेयर र उपमेयर उम्मेदवार शुक्रबार बेलुकासम्म टुंगो लाग्ने जनाइएको छ ।
तपाइँको प्रतिक्रिया