गठबन्धनमा सहमति नजुटे जसपा भरतपुरले २९ वटै वडामा उम्मेदवार उठाउने

एटुजेड समाचार

भरतपुर – जनता समाजवादी पार्टी (जसपा) भरतपुरले गठबन्धनले न्यायोचित सम्बोधन नगरे महानगरका २९ वटै वडामा आफ्नो उम्मेदवार उठाउने भएको छ ।

आज (बिहीबार) जसपा महानगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जसपा भरतपुरले तालमेलमा सहमति नजुटे २९ वटै वडामा उम्मेदवारी दिने जनाएको हो ।
जसपा भरतपुरका इन्चार्ज तारा विश्वकर्माले गठबन्धनको औचित्य पुष्टि हुने गरि बाँडफाड हुनुपर्ने बताए । त्यसो हुन नसके २९ वटै वडामा आफ्नै उम्मेदवार उठाउने विश्वकर्माले बताए ।

उनले एउटा पार्टीको मात्रै वर्चश्व कायम गर्नका लागि गठबन्धन नगरिएको भन्दै न्यायोचित हुने गरि तालमेल हुनुपर्ने बताए । जसपा चितवनका अध्यक्ष प्रेम भुजेलले पाँच दलिय गठबन्धन समितिले संयुक्त बैठकबाट सहमतीय निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले गठबन्धनको बैठकबाट राजनीतिक हैसियत, मर्म र भावना अनुसार न्यायोचित र सम्मानजनक सम्बोधन नभए आफ्नै उम्मेदवार उठाउने बताए ।

जसपा भरतपुरले गठबन्धनबाट महानगरका चार वटा वडामा दावी गरेको छ । महानगरको वडा नम्बर १,२,११ र १६ मा वडाध्यक्षको दावी गरेको छ । यस्तौ सबै वडामा सदस्य, जिल्ला समन्वय समिति र नगर कार्यपालिकामा पनि दावी गरेको छ ।

जसपाले सहमति नभए सबै वडामा उठाउने उम्मेदवारहरुको नाम पनि सार्वजनिक गरेको छ ।

यी हुन् २९ वटै वडाका वडाध्यक्षको उम्मेदवारहरु

वडा १ – प्रकाश मानन्धर
वडा २ – राजु टमटा
वडा ३ – कृष्ण तिवारी
वडा ४ – कैलाश गजमेर
वडा ५ – कमल अधिकारी
वडा ६ – विनोद श्रेष्ठ
वडा ७ – लेखनाथ भुसाल
वडा ८ – खड्कबहादुर गुरुङ
वडा ९ – बालमुकुन्द सुवेदी
वडा १० – पूर्णबहादुर सुनाम
वडा ११ – बिष्णु श्रेष्ठ
वडा १२ – मदन देउजा
वडा १३ – केशव दर्जी
वडा १४ – पुष्कर श्रेष्ठ
वडा १५ – विकाश विश्वकर्मा
वडा १६ – विकाश सुनार
वडा १७ – बिनु गुरुङ
वडा १८ – हिरा विश्वकर्मा
वडा १९ – शिरिष सुनार
वडा २० – देवु सदाशंकर
वडा २१ – हरि बिष्णु गुरुङ
वडा २२ – तुलराम गुरुङ
वडा २३ – प्रतिक गुरुङ
वडा २४ – सरोज रामदाम
वडा २५ – सुजन चौधरी
वडा २६ – उज्ज्वल श्रेष्ठ
वडा २७ – रामप्रसाद पौडेल
वडा २८ – गौरी पुन
वडा २९ – वीरबहादुर विक

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू