चितवनमा ट्रकले साईकललाई ठक्कर दिँदा ६ वर्षीय बालकको मृत्यु, एक घाइते

एटुजेड समाचार

चितवन – चितवनमा भारतीय ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ भानुचोकस्थित राजमार्गमा बुधबार दिउँसो ३ः१५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको BR06GD8672 नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिँदा बालकको मृत्‍यु भएको हो ।

दुर्घटनामा साइकलमा पछाडी सवार रत्ननगर नगरपालिका वडा नम्बर १० का रामबहादुर परियारका ६ वर्षीय छोरा प्रिन्स परियारको मृत्यु भएको हो ।

गम्भिर घाइते भएका परियारलाई भरतपुर अस्पताल ल्याइेकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । सोही साइकल चालक बारा जितपुर ६ घर भई हाल रत्ननगर–९ भानुचोक बस्ने शेख एकवालका छोरा १६ वर्षीय राजा भन्ने सौगात अली घाइते भएका छन् । टाउको, हात, पेट, ढाडमा चोट लागेका अलीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीले ट्रक चालक भारतको बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएका ३० वर्षीय मोनु कश्यपलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टांडीमा राखेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू