राजले चार गोल गरेपछि बिएफसी विशाल स्मृति कपको सेमिफाइनलमा

एटुजेड समाचार

भरतपुर – स्ट्राईकर राज भुसालले चार गोल गरेपछि सानदार जित हात पार्दै केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) भएको खेलमा बिएफसीले शारदानगर युवा क्लबलाई ५-० ले पाखा लगाएको हो । बिएफसीको जितमा राजले ४ गोलसहित सुरेश कुमालले एक गोल गरे ।

भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा बिएफसीले पाचौं मिनेटमा नै अग्रता लिएको थियो । २८ औं मिनेटमा सुरेशले गोल गर्दै बिएफसीलाई २-० को अग्रता दिलाए ।

४१ औं मिनेटमा राजले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । लगत्तै ४२ औं मिनेटमा राजले हृयाट्रिक गरेपछि पहिलो हाफमा बिएफसीले ४-० को अग्रता लियो।

७० औं मिनेटमा राजले व्यक्तिगत चौथो गोल गरेपछि बिएफसी ५-० ले फराकिलो अन्तरले विजयी भयो । बिएफसीका राज नै म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा बुधबार क्वाटरफाइनल चरणको दोस्रो खेल हुनेछ । बिहीबार रामपुर फुटबल क्लब रड्स र एफसी भरतपुर ९ भिड्नेछन् । रामपुर बाई पाउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एफसी भरतपुर ९ ले आकाश ट्राभल्स हातेमालो क्लबलाई पराजित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू