रेनु दाहालको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

चितवन – गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले पाउने निश्चत भएपछि रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ ।गीतमा स्वयंम नेतृ रेनु दाहाललाई देख्न सकिन्छ । गीतमा मेयर दाहालले भरतपुर महानगरपालिकामा ५ वर्षे कार्यकालमा गरेका कामको चर्चा गरिएको छ । महानगरमा निर्माण भएको कालोपत्रे सडक, पर्यटकीय क्षेत्र, निर्माणाधिन सिटी हल, नारायणी तटबन्धनलगायत सुकुम्बासीलाई लालपुर्जा वितरणसम्मका दृश्यलाई गीतमा समेटिएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष देउजाको परिकल्पना र निर्माणमा रहेको सो गीतमा चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र टिका पुनले आवाज दिएका छन् ।गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल विजय पुन, उत्सव अधिकारी, सुनिता तिमलसिना, निसु मगर र सपना सिवाकोटीलाई देख्न सकिन्छ । चितवनका पत्रकार रवि अधिकारीको निर्देशन तथा रविन शाहको नृत्य निर्देशन रहेको सो म्युजिक भिडियोलाई अनुभवी छाँयाकार रविन्द्र बरालले खिचेका छन् ।
तपाइँको प्रतिक्रिया