विशाल गुरुङ स्मृति कप फुटबलमा टाइगर युवा क्लबको विजयी सुरुवात

एटुजेड समाचार

भरतपुर – विशाल गुरुङ स्मृति कप फुटबलमा टाइगर युवा क्लबले विजयी सुरुवात गरेक छ ।आज (मंगलबार) भएको खेलमा टाइगर क्लबले सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनीलाई २-१ ले पाखा लगाएको हो ।

भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा टाइगर क्लबलाई जिताउन बिक्की चाम्लिङ राई र सुजन श्रेष्ठले गोल गरे । एभरेष्टका सन्देश तामाङले एक गोल फर्काए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको तिनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५६ औं मिनेटमा बिक्कीले पहिलो फोल गर्दै टाइगर क्लबलाई सुरुवाती अग्रता दिलाए ।

७० औं मिनेटमा सुजनले गोल गरेपछि टाइगर क्लबले दोहोरो अग्रता लियो । ७२ औं मिनेटमा सन्देशले गोल गरे पनि एभरेष्टको हार टार्न सकेनन् । टाइगर क्लबका सुजन म्यान अफ दि म्याच भए

यो जितपछि टाइगर क्लबले क्वाटरफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल प्रवेशका लागि टाइगर क्लबले अभिषेक चर्च रजहरको सामना गर्नेछ । रजहर यसअघि बाई पाउँदै क्वाटरमा स्थानमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा बुधबारबाट क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । पहिलो क्वाटरफाइबल खेलमा बुधबार शारदानगर एफसी र केबिए ग्लोबल भरतपुर फुटबल क्लब बिएफसी भिड्नेछन् । शारदानगर नारायणी मोटर्स युनिक क्लब बसेनीलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो भने बिएफसी बाई पाउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु