चितवन – हालै मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएर आएका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीलाई स्वागत गरिएको छ ।
चितवनका ट्राफिक प्रमुख अधिकारीलाई बीस हजार जेसिजले स्वागत गरेको हो । नेपाल जेसिजको राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्यूनीकरणमा प्रहरीसँग साझेदारी ‘याक्ट फर इम्प्याक्ट’ लाई प्रभावकारी बनाउनका उनलाई स्वागत गरिएको हो ।


स्वागतसँगै ट्राफिक व्यावस्थापनको विषयमा अन्तरक्रिया समेत भएको थियो । कार्यक्रमका वक्ताहरुले चितवनको ट्राफिक व्यवस्थापन र सडक दुर्घटनालाई न्यूनीकरणमा सबैको सहयोग रहने बताएका थिए । उनीहरुले ट्राफिक प्रमुख अधिकारीलाई प्रहरी संगठनलाई अझ मजबुत बनाउन शुभकामना समेत दिएका थिए ।
बीस हजार जेसिज वर्ष २०२२ का अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष जनकराज घिमिरे, संस्थाका पूर्व अध्यक्ष जेसी सन्तोष मजाकोटी लगायतले बोलेका थिए ।