भरतपुरको मेयरको विवाद मिलाउन देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाए

एटुजेड समाचार

चितवन – पेचिलो बन्दै गएको भरतपुर महानगरको मेयरको विवाद मिलाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाएका छन् ।

भरतपुरको मेयरमा कांग्रेस र माओवादी केन्द्रले दावी नछोडेपछि देउवा चितवन जिल्ला सभाप्ति राजेश्वर खनाललाई काठमाडौं बोलाएका हुन् । चितवन जिल्ला तहका कांग्रेसका नेताहरु भरतपुरको मेयर छाड्न नसकिने अडानमा छन् । माओवादी केन्द्रले पनि भरतपुरको मेयरमा दावी गरिरहेको छ ।

यही कारण गठबन्धनमा भागबण्डा मिलिरहेको छैन । कांग्रेस चितवनले गत स्थानीय तहको चुनावमा भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई सहयोग गरेको थियो । त्यसैले यस पटक माओवादी केन्द्रले भरतपुरको मेयरमा आफुहरुलाई सहयोग गर्नुपर्ने कांग्रेसका जिल्ला नेताहरुको अडान छ ।

उता माओवादी केन्द्र चितवनका सबै पालिका कांग्रेसलाई छोडेर भरतपुर नछोड्ने अडानमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भागबण्डा नमिले एक्लै चुनाव लड्ने बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु