काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो सामाजिक सञ्जाल फेसबुक ह्याक भएको छ ।
पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले फेसबुक ह्याक बताएका हुन् । उनले दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।


भाइरल स्क्रिन सटमा महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेतासँगको यात्रालाई आजबाट पूर्णरुपले विराम गरेको उल्लेख गरेका छन् । ‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु,’ महतोले त्यसलाई खण्डन गर्दै लखेका छन् ।