काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ ।
आयोगका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा छ । आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको जनाएको छ ।


आयोगले आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगका अनुसार विभिन्न राजनीतिक दल र नेताहरुले आचारसंहिता उलंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको छ ।