चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताएका छन् ।
आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले तीन महानगर नेपाली कांग्रेसलाई तथा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीलाई दिएर तालमेलको सहमति जुट्ने दावी गरेका हुन् ।


उनले भरतपुरमा यस अघि पनि माओवादी केन्द्र विजयी भएकोले यस पटक दाबी गरिएको बताए । भरतपुर नै नभई हुन्न भन्दा पनि यस अघि जितेको ठाउँमा सजिलो हुने भएकोले दावी गरिएको उनको भनाइ थियो ।
‘भरतपुर नै नभईहुन्न, रेनु नै नभई हुन्न भन्ने अडान होइन । गठबन्धन गर्दा एउटा महानगर पर्ने नै होला, उनले भने, ‘कम्तिमा एउटा पर्दा भरतपुरमा रेनुले जितेको भएर सजिलो हुन्छ कि भन्ने हो ।’
उनले अघि भने, ‘गठबन्धनले काठमाडौं नै दिए पनि विराटनगर नै दिए पनि हुन्छ । सजिलो जुन हुन्छ त्यही भए हुन्थ्यो भन्ने हो ।’ उनले भरतपुर माओवादी केन्द्रलाई दिन कांग्रेस पनि तयार रहेको दावी गरे ।