एन्जललाई मोडल तथा राधिकालाई डिजाइनर अफ दि इयरको अवार्ड
चितवन – मोडल एन्जल श्रेष्ठले ‘मोडल अफ दि इयर २०२२’ को अवार्ड प्राप्त गरेकी छन् ।
बी कम्पनीले आयोजना गरेको ‘ग्ल्याम अप नेपाल २०२२’ मा एन्जलले मोडल अफ दि इयरको अवार्ड प्राप्त गरेकी हुन् । उनलाई मिस नेपाल २०२० नम्रता श्रेष्ठले उक्त अवार्ड प्रदान गरिन् ।
यस्तै चित्रकथा बुटिककी राधिका भट्टले डिजाइनर अफ दि इयरको अवार्ड प्राप्त गरेकी छन् । उनलाई चर्चित फेशन डिजाइनर तेन्जिङ भुटियाले उक्त अवार्ड प्रदान गरे ।
मनोनयनमा परेका मध्ये सर्वाधिक भोटका आधारमा उत्कृष्ट मोडल र डिजाइनर छनौट गरिएको हो । बी कम्पनीले ग्ल्याम अप नेपालमार्फत हरेक वर्ष उत्कृष्ट मोडल र डिजाइनरलाई अवार्ड प्रदान गर्दै आएको छ ।
बी कम्पनीले नारायणगढमा ‘ग्ल्याम-अप नेपाल २०२२’ आयोजना गरेको थियो । दुई दिनसम्म चलेको उक्त कार्यक्रममा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे भएको थियो ।
रन वेमा ४५ भन्दा बढी मोडलहरुले डिजाइनरको ड्रेसमा ६० भन्दा बढी सिक्वेन्स प्रस्तुत गरेका थिए । ‘ग्ल्याम-अप नेपाल’ यस अघि नेपाल डायरिजले आयोजना गर्दै आएको थियो । नेपाल डायरिज, क्याराभान र ब्रोस सिस इन्टरटेनमेन्ट गाभिएर बी कम्पनी भएपछि ‘ग्ल्याम-अप नेपाल’ को रुपमा पहिलो कार्यक्रम आयोजना भएको हो ।
तपाइँको प्रतिक्रिया