निलम्बनको निर्णयविरुद्ध रिट लिएर गभर्नर अधिकारी सर्वोच्चमा

एटुजेड समाचार

काठमाडौं – निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले विभिन्न अभियोग लगाउँदै पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी निलम्बनमा छन् ।सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्ने तयारी गरेका हुन् ।

गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी गरेका हुन् । सर्वोच्च स्रोतका अनुसार गभर्नर अधिकारीको रिट निवेदनमाथि अध्ययन गरिरहेको छ ।अधिकारीले आफ्नो अधिवक्तामार्फत सार्वेच्चमा रिट दर्ता गर्न लागेको पुष्टि गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु