चितवन – नेपाली कांग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ ।
आज (आइतबार) महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेलाई बुझाएका हुन् । महानगरको मेयरमा २५ जना र उपमेयरमा २४ जनाको नाम सिफारीस गरिएको छ ।



बागमती प्रदेश प्रतिनिधिले नमावली बुझ्दै आएका नामहरुबाट उपयुक्त उम्मेदवार छनोट गरि केन्द्रमा सिफारीस गर्ने बताएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लाबाट नामावली टुङ्गो लगाउन नसके पछि सबै आकांक्षिको नाम पठाईएको हो ।
कांग्रेसबाट भरतपुरको मेयरमा २५ जनाले दावी पत्र पेश गरेका छन् । महानगरको मेयरमा भरत अधिकारी, शंकरप्रसाद कंडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजयराज शर्मा भुसाल, दिनेश कोईराला, पार्वती शाह ठकुरी, दिर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गरीकुमारी श्रेष्ठलेले दावी गरेका छन् ।
यस्तै मिना कुमारी खरेल सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हिरामणी अधिकारी र धनश्याम दवाडीले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै महानगरको उप-मेयरमा पनि २४ जनाको दावी छ । उप-मेयरमा तारा गुरुङ, वुद्धिकान्त न्यौपाने, लक्ष्मी न्यौपाने, निरु कार्की, कल्पना पौडेल, देवेन्द्रबहादुर गुरुङ, टंकनाथ पौडेल, कृष्णबहादुर गुरुङ, राजिव न्यौपाने, विरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल र रविभद्र शर्मा खनालले आकांक्षा देखाएका छन् ।
यस्तै निर्मलराज पौडेल, शुरविर पोख्रेल, भोजराज कौडाल, एलिजा अधिकारी, महेन्द्र श्रेष्ठ, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी र बिदुर केसीले पनि उपमेयरका आकांक्षी हुन् ।