गैंडाकोट – नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालय तनावग्रस्त भएको छ ।नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको हो ।
कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका हुन् ।विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए ।


विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको निरीक्षक श्रेष्ठले जानकारी दिए ।विद्यार्थीहरुको भिडले विद्यालयका झ्याल ढोका, फर्निचर लगायतका भौतिक संरचना तोडफोड गरेको छ ।
फोटो : उज्यालो खबरबाट सभार