कास्की – स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएको छ ।
आज (आइतबार) बिहान साढे १० बजे डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार १३ मध्ये अन्य ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको वडा प्रहरी कार्यालयका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।
२ जनालाई उपचारका लागि पाेखरा रिफर गरिएकाे छ भने थप ४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकी, स्याङ्जामै उपचार भइरहेकाे छ । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।