विशाल गुरुङ स्मृति कप फुटबलमा शारदानगरको विजयी सुरुवात

एटुजेड समाचार

भरतपुर – स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा शारदा युवा क्लब शारदानगरले विजयी सुरुवात गरेको छ ।आज (शनिबार) भएको उद्घाटन खेलमा शारदानगरले नारायणी मोटर्स युनिक क्लब बसेनीलाई २-१ ले पराजित गरेको हो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा शारदानगरलाई जिताउन धिरज तामाङ र सुरज श्रेष्ठले गोल गरे । बसेनीका अनिश परियारले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको १७ औं मिनेटमा धिरजले गोल गर्दै शारदानगरलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा बसेनीका अनिशले बराबरी गोल फर्काए । ६२ औं मिनेटमा सुरजले गोल गर्दै शारदानगरको जित सुनिश्चित गरे । शारदानगरका बिमल तामाङ खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा आइतबार पनि एक खेल हुनेछ । आइतबार एफसी भरतपुर ९ र आकाश ट्राभल्स हातेमालो एफसी भिड्नेछन् । रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा सुरू भएको प्रतियोगितामा १२ टोली सहभागी छन् ।१५ गतेसम्म प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू