चितवन – नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् । चितवनको सौराहामा सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा यमप्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेम्कुल (नेकु) लाई चयन गरेको निर्वाचन पर्यवेक्षक एवं चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । अन्य पदाधिकारी भने संघको बैठकले मनोनित गर्नेछ ।



यस्तै सदस्यहरुमा अर्जुन चौधरी, मनजित पुन, सनोज श्रेष्ठ, बिनम श्रेष्ठ, रामचन्द्र थापा, विजय श्रेष्ठ, धनेश्वर प्रजापती, सरोज श्रेष्ठ, बिनोद महर्जन र अनिल तामाङ रहेका छन् । यस्तै महिला सदस्यमा भगवती राना मगर चयन भएकी छन्