चितवनमा राप्रपाको आमसभा सकिएपछि आमसभास्थल सरसफाई

एटुजेड समाचार

भरतपुर –  राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले शुक्रबार भएको आमसभास्थलमा सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क)को खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिए । उहाँका अनुसार चौरमा रहेका कागज, प्लाष्टिकहरु टिपेर व्यवस्थापन गरिएको हो ।

जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर सरसफाई गरिएको बताए । राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष मदनप्रसाद पौडेलले चौरमा आज (शनिबार) पनि पानी ट्याङकरले प्रयोग गरी धुलो व्यवस्थापन गरिएको बताए । आमसभास्थलको सहज अवलोकन गर्न मिल्ने गरी ५ दिन लगाएर चौर समस्याउने र सफाई गरिएको थियो ।

राप्रपा चितवन प्रदेश ३ (ख) का अध्यक्ष रामकृष्ण क्षेत्रीले राप्रपाका जिल्ला पदाधिकारी, युवाहरुको सक्रियतामा सफाई गरिएको बताए । जिल्ला प्रवक्ता राजु भण्डारीले शुक्रबारको आमसभामा २५ हजार सर्वसाधरण भएको अनुमान गरिएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू