२१ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी पक्राउ

एटुजेड समाचार

सुर्खेत – सुर्खेत प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका ८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।

प्रहरीकाअनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर भागेका भागेका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु