भरतपुर – राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशद्रोहीहरुलाई लखेट्ने चेतावनी दिएका छन् ।
राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै उनले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी दिएका हुन् । उनले नेतृत्वले गल्ती गर्दा खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएको उनको भनाई छ ।



यस्तै मतपत्र च्यातेर फेरी जित्ने सपना पुरा हुन नदिने समेत बताए । मतपत्र च्याते उनीहरुलाईनै मतपत्र निलाउन बाध्य पार्ने उनको चेतावनी छ । यस्तै उनले प्रदेश संरचना हटाइनुपर्ने बताए ।