उज्यालो टाईम्सको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन

एटुजेड समाचार

भरतपुर – उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्गले नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले उज्यालो टाईम्सले विगतदेखि नै मिडिया मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गतका महत्वपूर्ण कार्यहरुमा आफ्नो परिचय बनाईसकेको बताए । उनले आफ्ना शुभचिन्तक, ग्राहकहरुको चाहना अनुसार भित्तेपात्रो (क्याण्डेर) लाई बार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा प्रकाशन गर्दै आएकोमा शुभकामना व्यक्त गरे।

उज्यालो टाईम्सका प्रवन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीर्थ नेपाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना, पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार तिलक रिमाल, सचिव दिपेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उज्यालो टाईम्स डटकमका लागि प्रवास प्रमुखको रुपमा काम गर्दै आएका बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो । शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन उज्यालो टाईम्सका अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु