चितवन – अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत नवलपुरले आदेश दिएको छ। अदालतले बुधवार मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न आदेश दिएको हो।
न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। शाहलाई बुधबार बेलुकी तनहुँतर्फ पठाइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।


यसअघि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पनि शाहलाई थुनामा राख्न आदेश दिएको थियो।शाहमाथि नाबालिग गायिकामाथि बलात्कार अभियोगमा तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो। शाहलाई तनहुँ कारागारमा राखिएको छ।