भरतपुर ४ को वडाध्यक्षमा कांग्रेसबाट नेता गैरेको आकाङ्क्षा

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका नेता दुर्गा गैरैले आकांक्षा देखाएका छन । लामो समयदेखि वडा नम्बर ४ का स्थायी बासिन्दा समेत रहेका काँग्रेस नेता गैरेले वडा अध्यक्षमा आकांक्षा देखाएका हुन ।

वडा नम्बर ४ मा मात्र ७ मत अन्तरले कांग्रेसका उमेदवार पराजित भएका थिए । गैरेले वडा अध्यक्षको टिकट पाए जित सुनिश्चित रहेको वडाबासीहरुको धारणा छ । उमेरले परिपक्क गैरेले वडामा निष्ठावान नेताका छवि पनि बनाएका छन ।

उनले अहिले सम्म कुनै पनि लाभको पद लिएका छैनन । उनले लामो समयदेखि नेपाली काँग्रेस जिल्ला कार्यालय चितवनको मुख्य सचिबको भूमिका पनि निर्वाह गर्दै आएका छन । आगामी ३० बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

बि.सं. २०३६ सालको आन्दोलनमा गैरेले सहयोगी भूमिका निर्वाह गरेका थिए । २०४२ सालको संत्यग्रहमा संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका गैरे २०४६ सालको जनआन्दोलनमा शहीद चोकबाट गिरफ्तार भइ ७ दिन हिरासतमा बसको थिए । सो क्रममा उनमाथि निर्घात लाई कुटपिट समेत भएको थियो ।

यस्तै २०५९ सालमा तत्कालिन भरतपुर नगरपालिकाको प्राङगणमा प्रतिगमन विरूद्ध आन्दोलन गर्दा प्रहरी कुटपिटबाट उनि घाइते भएका थिए । २०६० सालमा प्रतिगमन विरूद्धमा उनि रिले अनशनमा समेत सहभागि थिए । २०६२/६३ को जनआन्दोलनमा पनि उनले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु