तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन्। दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोटकी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन्।
बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले बताए। उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।
ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय दमौलीमा खोजतलासका लागि जाहेरी दिएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस