पल शाहको नवलपुरमा बयान सकियो, भोलि थुनछेक बहस

एटुजेड समाचार

नवलपुर – बलात्कारको आरोप लागेका अभिनेता पल शाहको नवलपुरमा बयान सकिएको छ ।  तनहुँ हिरासतबाट आज (मंगलबार) थुनचेक बहसका लागि नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको थियो ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार आज जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो। पलको करिब छ घन्टा बयान लिइएको हो। बयान लिएर शाहलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको छ।

आज बयान सकिएसँगै बुधबार थुनछेक बहस हुनेछ। सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन्। आज अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु