भरतपुर – आसन्न स्थानीय तहको निर्वाचनमा देशभर चासोका साथ हेरिएको भरतपुर महानगरमा चुनावी तालमेलको सहमति भएको छ । गठबन्धनमा रहेका पाँच दलको आज (मंगलबार) बसेको पालिकास्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरी जाने निर्णय गरेको हो । ‘आसन्न स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको बिषयमा आज महानगर स्तरिय पाँच दलको बैठक बसी चुनाबी तालमेल गरि जाने निर्णय गरियो’, निर्णयको एक नम्बर बुँदामा भनिएको छ ।


गठबन्धनमा सहभागी दलहरुको मर्म र भावनाअनुरुप एकआपसमा सम्मान र हार्दिकताको विकास गर्दै गठबन्धनलाई निरन्तरता दिँदै स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय पनि भएको छ ।
बैठकको निर्णय सार्वजनिक गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारी, नेकपा (माओवादी केन्द्र)का महानगर अध्यक्ष ईश्वर सापकोटा (सुमन), नेकपा (एकीकृत समाजवादी)का महानगर इन्चार्ज सूर्यप्रसाद शर्मा, जसपाका महानगर अध्यक्ष अनुज जोशी र राजमोका महानगर अध्यक्ष भक्तिराम गौतमले हस्ताक्षर गरेला छन् ।